यु ए ईमा भानुजयन्ती मनाइयो, पत्रकार तथा समाजसेवी जे सागर सम्मानित

यु ए ई/ २०५ औं भानुजयन्तीको अवसरमा यु ए ई व्यापी खुल्ला रचना वाचन तथा मौलिक साँस्कृतिक कार्यक्रम एभरेष्ट ईन्टरनेशनल होटेल वर दुबाईमा सम्पन्न भएको छ । नेपाली समुदाय युएई तथा ताप्लेजुङ सेवा समाजले आयोजना गरेको सो कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको तस्वीरमा अबिर र फूलमाला अर्पण गरिएको थियो । साथै आदिकवि भानुभक्तको बारेमा कृष अतृप्तिले तयार पारेको डकुमेन्ट्री पनि प्रदर्शन गरिएको थियो ।

सोही कार्यक्रममा युएईमा रहेर पत्रकारीता,साहित्य र समाजसेवामा पुर्याएको योगदानको उच्च कदर गर्दै साहित्यकार, पत्रकार तथा समाजसेवी जे.सागरलाई सम्मान तथा अभिनन्दन गरिएको थियो ।

गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका महासचिव कृष्ण पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथी जे सागर विषेश अतिथी पत्रकार महासंघ यु ए ई का अध्यक्ष भुपराज बस्याल तथा नेपाली समाज यु ए ई का अध्यक्ष चन्द्र प्रसाद सापकोटा लगायत अतिथिहरू रहनु भएको थियो भने नेपाली समुदाय यु ए ई का अध्यक्ष मून प्रसाद गुरुङ र ताप्लेजुङ सेवा समाजकी अध्यक्ष सोनी भण्डारी ले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो । निकै भव्य तथा सभ्य रुपमा सम्पन्न भएको सो कार्यक्रममा चार दर्जन भन्दा धेरै सर्जक तथा कलाकारहरुले आ आफ्ना सिर्जना तथा कलाकारिता प्रस्तुत गरेका थिए ।

आइत, असार ३१, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस