डा केसीलाई प्रधानमन्त्रीको आग्रह आउनुस तपाईनै अध्यक्ष बनेर स्वास्थ्य क्षेत्र सुधार्नुस

प्रधानमन्त्री केपी ओलीले २३ दिनदेखि अनशनरत डा.गोविन्द केसीलाई वार्तामा आउन र आफै अध्यक्ष बनेर स्वास्थ्य क्षेत्र सुधार्न आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले सरकार संवादमार्फत समस्या समाधानका लागि तयार रहेको भन्दै चिकित्सा शिक्षा सुधारबारे तर्कपूर्ण बहसमा आउन पनि डा. केसीलाई अनुरोध गरे।

‘म डा. केसीलाई भन्न चाहन्छु–स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्न सकिन्छ? तर्कपूर्ण बहस गरौं’, प्रधानमन्त्रीले ओलीले भने, ‘तपार्इं नै जिम्मा लिनुहोस्, के के गर्नुपर्छ? आयोग चाहिन्छ भन्नुहुन्छ? तपार्इं नै अध्यक्ष भएर गर्नुहोस्। सरकार तपाईंलाई नै जिम्मा लगाउन तयार छ, आउनुहोस्।’

हेर्नुहोस भिडियो सहित

मङ्ल, साउन ८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस