राजीनामा बुझाउदा भाबुक यसरी भए कानुनमन्त्री तामाङ (भिडियो सहित)

काठमाडौं – कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उनले मंगलबार राजीनामा दिएका हुन् ।

दिउँसो २ बजेपछि मन्त्रालयमा पत्रकार सम्मेलन सुरु भयो । तामाङसँगै उपस्थिति थिइन् पत्नी उषकला राई । हाँस्दै पत्रकार सम्मेलनमा प्रवेश गरेका तामाङले आफ्ना कुरा पनि हाँस्दै राखे । मन्त्रालय सम्हालेको छोटो समयमा आफूले गरेको कामको फेहरिस्त सुनाए । ३ असोजसम्म सबै कानुन बनाउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार काम गरेको बताए । मौलिक हकसँग सम्बन्धित १५ वटा कानुन बनेर अगाडि बढिसकेको जानकारी दिए ।

हेर्नुहोस भिडियोमा के के भयो 

बुध, साउन ९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस