बलेवामा हवाई जहाज सरर गायक पूर्ण परियारले निकाले तीज गीत, मन्त्री देखी सांसदसम्मबाट बधाईको ओइरो

काठमान्डौ – गायक पूर्ण परियार र सीता परियारको स्वरमा  बलेवामा हवाई जहाज सरर बोलको तीज गीत सार्वजनिक भएको  छ ।

 

२६ वर्षसम्म बन्द भएको बलेवा विमानस्थल गत बर्ष देखी संचालनमा आएकोले सो को  विकास र प्रबर्धनका लागि सो गीत सार्वजनिक गरीएको हो ।

गायक पूर्ण परियारको लय शब्दमा बनेको गीतमा पछिल्लो समय व्यापक रुचाइएका कलाकार प्रकाश सपूतको उत्कृष्ट नृत्य रहेको छ भने सपुतलाई स्मृति खवासले साथ दिएकी छिन ।

एरेन्ज तारानाथ आचार्य छायांकन गणेश सापकोटा ,सम्पादन रमन माली ,नृत्य निर्देशन शिव परियार र निर्देशन स्वयं पूर्ण परियारको रहेको छ । बग्लुङको बलेवामा हबाइजहाज संचालनमा आए पछि त्यस ठाउका धार्मिक सांस्कृतिक तथा पर्यटकिय स्थानको प्रबर्द्धनका लागि तयार गरिएको गीतका निर्देशक पूर्ण परियारले जानकारी दिए।

उक्त गीतको सम्पूर्ण छायांकन बलेवा,बाग्लुङ र पर्बतमा गरिएको छ । भने उक्त गीतमा बाग्लुङ पर्बतका सांसद तथा मन्त्रीज्युहरुको समेत शुभकामना रहेको छ ।

हेर्नुहोस सो गीतको म्युजिक भिडियो 

बुध, साउन ९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस