त्रिशुली दुर्घटना अपडेट ६ को मृत्यु २२ घाईते !

काठमाडौं  काठमाडौंबाट पोखरा जाँदै गरेको बसलाई ट्रकले ठक्कर दिँदा बस त्रिशूलीमा खसेको छ। शुक्रबार दिउँसो बस त्रिशूलीमा खस्दा छजनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

चितवतको इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा ना ५ ख ७४०९ नम्बरको ट्रकले बसलाई ठक्‍र दिँदा ना ६ ख २५०६ नम्बरको बस सडकखण्डबाट १ सय मिटर तल त्रिशूलीमा खसेको चितवन प्रहरीका प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुई महिला, तीन पुरुष र एक बालकको मृत्यु भएको प्रवक्ता ढकालले जानकारी दिए । घाइतेलाई उपचारका लागि विभिन्न अस्पताल पुर्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।

 

शुक्र, साउन ११, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस