संसदलाई गगनको सुझाब गोविन्द केसीलाई हार्न नदिऔ, अनसनलाई अन्तिम अबसर बनाऔ !

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अब डा. गोविन्द केसीलाई हार्न नदिइने बताएका छन् ।उनले नौं बुँदे सहमति गरेसँगै तोडिएको अनसनलाई नै अन्तिम बनाउन सरकार र संसदलाई आग्रह पनि गरे ।शुक्रबार संसदमा बोल्दै थापाले डा. केसीसँग सहमति गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

भिडियो

एउटै व्यक्ति एउटै विषयका लागि पटक-पटक अनसन बस्नु सबैका लागि लज्जाको विषय भएको उनले बताए ।पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले भने, ‘हामी सम्झौता गर्छौं तर, पालना गरिरहेका छैनौं । त्यसैले यो पटक अनसनको श्रृङ्खलालाई अन्तिम बनाऔं । आज जे कुुरा सरकारको तर्फबाट संसदमा पेश गरिएको छ, संसदको सम्पत्ति भएको छ । हामी सरकार र संसदमाथि विश्वास गर्छौं ।’

‘यो पटक डा. केसीलाई पनि हार्न दिनौं र हामी आफू पनि हार्दैनौं । जे सम्झौता भएको छ, त्यसअनुसार सरकारले पनि जिम्मा लिन्छ, नेकपाले पनि जिम्मा लिन्छ ।’

कांग्रेस चिकित्सा शिक्षा अध्यादेशका कारण नैतिक बन्धनमा बाँधिएको भन्दै उनले सहमतिअनुसार संसदबाट कानुन बनाउन पूर्ण सहयोग गर्ने बचन दिएका छन् ।

शुक्र, साउन ११, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस