काजीको घोडामा नायिका स्वस्तिमा खड्का

काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्का काजीको घोडामा सवार भएकी छन् । ‘काजीको घोडा’ बोलको गीत माथि बनेको म्युजिक भिडियोमा उनलाई घोडामा सवार भएको देख्न सकिन्छ । भिडियोमा जंगलको बाटो हिँडिरहेकी युवतीको खुट्टामा ढुंगाले काटेपछि हुने प्राथमिक उपचार र उनलाई लिन आउँने काजीको घोडामा आधारित थिम बुनिएको छ ।

तत्कालीन राजा वीरेन्द्रको समाचार रेडियो नेपालबाट बज्दै गरेको आवाजसहित शुरु हुने भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । रामचन्द्र थापाको संगीत तथा भुवन शिवाकोटी चौघरेका शब्द रहेको गीतमा रामकृष्ण निरौलाको स्वर रहेको छ ।

निर्देशक सुवेदीले भिडियोको प्रस्तुतीलाई अलिक फरक शैली दिन खोजेको बताए । गीतको भिडियोमा भिमफेदी गाईजले कोरियोग्राफी गरेका छन् भने अनिल के.मानन्धरको छायाँकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । भिडियोमा अतिथी कलाकारको रुपमा जुना सुन्दास र सञ्जु शाह समेत देख्न सकिन्छ ।

शुक्र, साउन २५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस