लक्ष्मी मल्लको सेल्फी एल्बमको चौथो गीत बुलाकी सार्वजनिक हेर्नुहोस् (भिडियो सहित)

बिन्दवासिनी  म्युजिक प्रा लिको प्रस्तुतिमा लक्ष्मी मल्लको तीज गीत सेल्फी ४ बुलाकी सार्वजनिक भएको छ ।

बहुचर्चित सर्जक गायक तथा संगीतकार श्रीकृष्ण बम मल्लको लय तथा शब्द सृजनामा लक्ष्मी मल्लको तीज कोशेली “सेल्फी-४ “बुलाकी”बजारमा आएको हो ।

बसन्त थापा, श्रीकृष्ण बम मल्ल ,लक्ष्मी मल्ल र ललिता पौडेलको सुमधुर आवाजमा रहेको  गीतको भिडियो विन्ध्यवासिनी म्यूजिक प्रालि मार्फत सार्वजनिक गरीएको छ ।

काजिश श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडियोको छायांकन भने अजय रेग्मीले गरेका हुन्। दिपक बिष्टको सम्पदनमा तयार भिडियोमा अभिनय भने  अहिलेका व्यस्त मोडल दुर्गेश थापा र लोसिना एल सीको रहेको छ ।

लक्ष्मी मल्ल श्रीकृष्ण बम मल्ल र बसन्त थापाको सहकार्यमा हरेक बर्ष सेल्फी एल्बम सार्वजनिक हुदै आएको  थियो पहिलो  एल्बम बाटै चर्चित बनेको  सेल्फी एल्बम हरेक बर्षका नयाँ एल्बम समेत दर्शकले अत्याधिक रुचाएकोले यसको चौथो सस्करणसम्म आएको छ ।

हेर्नुहोस यस्तो छ म्युजिक भिडियो 

मङ्ल, साउन २९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस