सयौ कार्यकर्तालाई पार्टी प्रवेश गराउदै ओलीले भने अब नेकपा बाहेक सबैमा पहिरो जान्छ (भिडियो सहित)

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यालय धुम्बाराहीमा एक कार्यक्रममा बोल्दै मौरीसँग उड्यो भने फूलवारीमा पुगिने र झिंगासँग उड्यो भने फोहोरमा पुगिने बताएका छन्।

कांग्रेस लगायत अन्य पार्टी परित्याग गरे नेकपामा प्रवेश गरेका सयौ कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

हेर्नुहोस भिडियो सहित 

 

सूर्य चिह्न लिएर चुनाव लडेका अरु केही नेताहरु पनि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।नेकपा प्रवेश गरेका नेतालाई सो पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले आज विहान नेकपाको धुम्बाराहीस्थित पार्टी कार्यालयमा स्वागत गरेका हुन् ।

बिहि, भदौ १, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस