नेकपा बाग्लुङको अध्यक्ष कृष्ण पाठक निर्बिरोध हुने सम्भावना, यसरी बाटो खुल्यो पाठकलाई

प्रमूख दुई  वामपन्थी पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई  बनेको नेकपाको तल्लो तहको एकीकरणको प्रक्रिया शुरु भएसंगै बाग्लुङमा अध्यक्षका लागी दाबेदारहरु चर्चा जिल्लामा शुरु भएको छ ।

बाग्लुङमा जिल्ला कार्यदलबाट दुई पदका लागी  सिफारिसमा परेका ६ जना परेका छन्  तर केन्द्रमा  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश र जिल्ला तहमा  तयार पारेको  एकीकरणको प्रारम्भिक खाका अनुसार गण्डकी प्रदेशमा पुर्व एमालेलाई बढी अर्थात एमालेले अध्यक्ष पाउने जिल्ला स्याङ्जा, तनहुँ, पर्वत, लमजुङ, नवलपरासी, म्याग्दी, बाग्लुङ र मुस्ताङ र पूर्वमाओवादीले अध्यक्ष पाउने जिल्ला गोरखा , टुंगिन बाँकी कास्की र मनाङ हुन् ।

यसरी नेकपाबाट बागलुंगमा पुर्व एमालेले पाउने सम्भावना बलियो देखिएको छ । प्रारम्भिक खाका अनुसार नै काम भए बागलुंगमा जिल्ला कार्यदलबाट पुर्व एमालेका दुई नेता इन्द्रलाल सापकोटा र कृष्ण पाठक  सिफारिसमा परेका छन्  । तर नेकपा सचिवालयको पछिल्लो निर्णय अनुसार  निर्वाचित जनप्रतिनिधिले पार्टीको कार्यकारी पद नपाउने भन्ने निर्यणले इन्द्रलाल सापकोटाको अध्यक्ष बन्ने बाटो पनि बन्द भएको छ ।

यसरी हेर्दा नेकपा बाग्लुङको  अध्यक्ष पदमा पुर्व  एमालेका नेता कृष्ण पाठक निर्बिरोध  हुने देखिएको छ भने अध्यक्ष पुर्व एमालेले पाउदा सचिव भने पुर्व माओवादी केन्द्रका नेता  राजीव घिमिरे  हुने निश्चित देखिएको  छ ।

को हुन् कृष्ण पाठक 

२०३४ सालबाट कम्युनिष्ट राजनीति शुरु गरेका कृष्ण पाठक निरन्तर  बाग्लुङको सक्रिय राजनीतिमा छन् । २०४५ सालमा  राजकाज अपराध मुद्दा लागेका उनी १८ दिनसम्म हिरासतमा बसी पछी तारेखमा रिहा भएका थिए ।

०४६ सालको आन्दोलनमा सक्रिय भूमिका खेलेका उनी  ०४८ र ०५१ सालको संसदीय निर्वाचनमा बाग्लुङ क्षेत्र नम्बर दुईबाट उमेद्वार बनेका थिए ।

त्यसपछि ०६२/०६३ संयुक्त जनआन्दोलन र हरेक राजनैतिक घटनासंग जोडिएका उनी २२ बर्षसम्म बाग्लुङ जिल्ला कमिटिको सचिवालयमा रहेर काम गरेका एक अनुभवी र पुराना नेता हुन् ।

सरल सहयोगी र निडर स्वभावका पाठक  जिल्लामा पार्टीको संगठन बिस्तारको क्रममा नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमोर्चाका आक्रमणमा परी पटकपटक घाइते समेत बनेका थिए ।

अनवरत रुपमा जिल्लामै बसेर ३८ बर्षसम्म राजनीति गरेका उनी बाग्लुङका पार्टी नेता र  कार्यकर्ताहरु माझ  लोकप्रिय नेता हुन् ।

बिहि, भदौ १, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस