श्रीमतीबाट कुटिएपछी स्वास्नी पिडितसंघ खोल्दै बल्छी धुर्बे

नेपालकै पहिलो महिला म्युजिक भिडियो डाइरेक्टर बबिता श्रेष्ठले निर्देशन गरेको तीज गीत स्वास्नी पिडित संघ सार्वजनिक भएको छ ।

रामजी खांड र टिका पुनको आवाजमा रहेको स्वास्नी पिडित संघलाई शुभ श्री गौतमले लय शब्द संकलन गरेका छन् ।

प्रियसी म्युजिक प्रालि मार्फत सार्वजनिक गरीएको सो गीतमा बल्छी धुर्बे आशा खड्का लगायतले अभिनय गरेका छन् ।

नेपालमै पहिलोपटक लोक दोहोरी क्षेत्रका म्युजिक भिडियोहरुलाई निर्देशन गर्दै आएकी बबिता श्रेष्ठ पछिल्लो समयकी एकदमै ब्यस्त निर्देशक हुन् । पछिल्लो समय उनले निर्देशन गरेका गीतहरु दर्शक श्रोताहरुले निकै रुचाउन थालेपछि सर्जक गायकहरुको रोजाईमा समेत बबिता पर्न थालेकी छन् ।

आफ्नै म्युजिक कम्पनी प्रियसी म्युजिक प्रालि समेत संचालन गरीरहेकी बबिताले अहिलेसम्म दुई सय भन्दा बढी गीतको म्युजिक भिडियो निर्देशन गरीसकेकी छन ।

आइत, भदौ ३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस