‘को हौ तिमि’ नन्दु राई र रेखा घिमिरेको युगल आवाजमा नयाँ गीत सार्वजनिक (भिडियो सहित)

गायक नन्दु राई र गायिका रेखा घिमिरेको युगल गीत ‘को हौ तिमी को हौ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बईमा रेकर्डिङ भएको सो गीतको भिडियोको छायांकन भनेनेपालमै गरिएको हो । पछिल्लो समय बिभिन्न स्मुधर गीतहरु मार्फत दर्शक श्रोताको मन जित्दै आएका गायक नन्दु राई र गायिका रेखा घिमिरेको युगल आवाज निकै जम्न थालेको छ

‘को हौ तिमी को हौ’ गीतको म्युजिक भिडियोलाई निर्देशन रोहितबिक्रम कार्कीले गरेका छन् भने गायक नन्दु राईको आफ्नै शब्द संगीत रहेको यस गीतको एरेन्ज मोहित मुनालले गरेका हुन ।

मिक्सिङ किरण श्रेष्ठले गरेको यो गीतको रेकर्ड दुबईको करामास्थित स्टुडियो नाइनमा गरिएको हो ।

करिब १ दसक वैदेशिक रोजगारीको क्रममा यूएईमा रहेका गायक राई केहि समय देखी काठमाडौंमा बसी नेपाली संगीतको क्षेत्रमा क्रियाशील छन् ।

धनकुटाको भेडेटारमा जन्मिएका नन्दु राई संघर्षशील युवा गायक तथा संगीतकार पनि हुन् । पछिल्लो समय उनीसंगै आवाज भरेकी गायिका रेखा घिमिरे मोरङमा जन्मेर युएईलाई कर्मथलो बनाउदै नेपाली सांगीतिक क्षेत्रमा सुपरिचित छिन ।

‘को हौ तिमी को हौ’ को म्युजिक भिडियोमा कुशल बुचाले अभिनय गरेका छन् भने उनलाई साथ दिएकी छन् श्रृटि खडकाले ।

हेर्नुहोस सो गीतको म्युजिक भिडियो

बुध, भदौ ६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस