थाइराइड कुनै रोग होइन आत्तिनु पर्दैन, वरिष्ठ फिजीसियन डा भोजराज अधिकारी (भिडियो सहित)

काठमाडौं । पछिल्लो समय थाइराइडका बिरामी निकै बढ्दै गएको हामीले देखेका छौ बिरामी मात्र हैन हस्पिटलहरुले पनि थाइराइड परिक्षणलाई उस्तै आक्रामक ढंगले बिज्ञापन गरेका छन् वास्तवमा थाइराइड के हो त  किन हुन्छ थाइराइड यसका लक्षणहरु के हुन् कसरी यसको रोकथाम गर्न सकिन्छ यी र यस्तै बिषयमा हामीले भरतपुर हस्पिटलका वरिष्ठ फिजीसियन कन्सल्टेन्ट डा भोजराज अधिकारीसंग कुरा गरेका छौ ।

डा अधिकारीका अनुसार घाँटीमा आउने एउटा सामान्य समस्या हो । धेरै जटिलता ल्याउने, आयु नै घटाउने समस्या होइन । घाँटीमा टी थ्री र टी फोर रसायनले शरीरका विभिन्न अंगहरूमा गएर तागत दिने काम गर्छ, जसलाई मेटापोलिजम भनिन्छ । थाइराइड ग्रन्थीमा कुनै गडबडी भयो भने थाइराइडको समस्या हुन्छ ।

थाइराइड ग्रन्थीमा दुई प्रकारको हर्मोन हुन्छ । धेरैजसो आउने बिरामीमा देखिने भनेको हर्मोन कमीको कारण थाइराइड भएको दखिएको छ, जसलाई हाइपोथाइरोइडिजम भनिन्छ । हाइपोथाइरोइडिजम भनेको जुनथाइराइड ग्रन्थी हुन्छ, त्यो अलिकति अन्डर एक्टिभ हुन्छ ।

अथवा त्यति राम्रोसँग काम गर्न सक्दैन । जुन कारणले गर्दा हर्मोनको कमी हुन्छ । हर्मोनको उत्पादन राम्ररी हुँदैन । विषेशगरी महिलाहरूलाई धेरै मात्रामा थाइराइड देखिएको छ ।

थाइराइड आफैमा रोग होइन बरु रोगको एउटा जग बन्नसक्ने उहाँ बताउनु हुन्छ हेर्नुहोस यहि थाइराइड रोग र यसका लक्षण रोकथामका बिषयमा वरिष्ठ फिसिसियन कन्सल्टेन्ट डा भोजराज अधिकारीसंग सुनौलो नेपालका लागी मोहराज शर्माले गरेको  कुराकानी

हेर्नुहोस उहासंगको कुराकानी

बुध, भदौ ६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस