‘नेपाल लोक आइडल-२०७५’ प्रदेश नम्बर ७ बाट शुरु हुदै, भाद्र १३ र १४ गते पहिलो अडिसन

काठमाडौं ।  पहिलो पटक सर्बाधिक धनराशी पुरस्कार रहेको टेलिभिजन रियालिटी शो ‘नेपाल लोक आइडल-२०७५’ को पहिलो अडिसन यहि भाद्र १३ र १४ गते प्रदेश नम्बर ७ बाट शुरु हुने भएको छ ।

सार्थक डिजिटल म्यूजिक प्रालिको आयोजना तथा जेब्रा क्रियशनको प्रस्तुतिमा  हुन लागेको   लोक आइडल २०७५ को  पहिलो अडिसन प्रदेश नम्बर ७ को धनगढीबाट शुरु हुन् लागेको छ  ।

भाद्र  १३ र १४ गते प्रदेश नम्बर ७ को अडिसन कैलाली जन पुस्तकालय हल दूरसञ्चार रोड धनगडीमा गर्ने तय भैसकेको आइडलका संयोजक जीवन पन्तले बताए ।

नेपाली लोक संस्कृतिको जर्गेना, सम्बर्द्धन, र संरक्षण गर्ने उद्देश्यले नेपाल लोक आइडलको आयोजना गरिएको  ‘नेपाल लोक आइडल-२०७५’  सातै वटा प्रदेशमा  आयोजना हुनेछ ।

‘आइडल प्रथम हुनेले ३० लाख रुपैयाँ, दोस्रो हुनेले १५ लाख र तेस्रो हुनेले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् पहिलो चरणमा प्रत्येक प्रदेशबाट १०/१० जनालाई छनोट गर्ने र ७० जनालाई राजधानीमा ल्याएर क्लास दिएर प्रतिपर्धामा उतार्ने आयोजकको तयारी रहेको छ ।

बुध, भदौ ६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस