रौतहटमा ४० जना सवार डुंगा दुर्घटना

रौतहट– रौतहटमा ४० जना सवार डुंगा बाढीले बगाएको छ। प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार २२ जना प्रहरी सम्पर्कमा अाएका छन्।

डुंगा चालक इस्नाथ नगरपालिका बन्जाराहाका पप्पु सिंह, गौर ४ का २३ वर्षीय विजय चन्द्रवंशी, ५० वर्षीया सीतादेवी सहनी, ३४ वर्षीया सीमादेवी सहनी र ५२ वर्षीया सीतापति देवी सहनीसहित २२ जना खोला तैरिएर सकुशल प्रहरी सम्पर्कमा आएको रौतहटका प्रहरी प्रमुख केदार ढकालले जानकारी दिएका छन्।

सशस्त्र प्रहरी बेस क्याम्पस अरहैयाका सशस्त्र प्रहरी निरीक्षक रामबालक प्रसाद साहले दिएको जानकारी सशस्त्रको टोलीले गौर ४ का जयप्रकाश गिरी, सुखियादेवी सहनी, शिरिभगवान यादव, महेन्द्र सहनी, विश्वनाथ साह, अंगद कश्वान, सन्तोष दास, गजेन्द्र सहनीलाई उद्दार गरेको छ।

बन्जरापट्टी १५ जना सम्पर्क आइसकेको र टिकुलियाघाटतर्फ ७ जना गरी २२ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

प्रहरी प्रमुख ढकालका अनुसार अन्यको खोजी भइरहेको छ। सयभन्दा सुरक्षाकर्मी, स्थानीय पौडीबाज, विपद व्यवस्थापनसँग सम्बन्धि संस्थाका स्वयं सेवक परिचालन गरिएको छ।

बन्जाराहबाट सदरमुकाम गौरको टिकुलियाघाटतर्फ आउँदै गरेको डुंगालाई शनिबार साँझ लालबकैया खोलामा आएको बाढीले शनिबार साँझ ७ बजेतिर बगाएको हो।

ढुंगा चालक सिंहले नागरिकलाई टेलिफोनमा बताएअनुसार ढुंगामा ४० जना जति सवार थिए। बन्जाराहबाट सदरमुकाम गौरको टिकुलियाघाटतर्फ आउँदै गर्दा करिब साँझ ७ बजेतिर लालबकैया नदीमा आएको बाढीको भेलले डुंगालाई पल्टायो। डुंगामा २ वटा साइकल थियो। घाँस काट्न आएका महिला पुरुष सवार थिए।

शनि, भदौ ९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस