गृहमन्त्री र उद्योग मन्त्रि बादल र मातृकालाई बर्खास्तीको तयारीमा ओली, गृहमा इश्वर पोख्रेल उद्योगमा जनार्दनलाई ल्याउने तयारी !

काठमाण्डु, १३ भदौ–काठमाण्डु, १३ भदौ–प्रधानमन्त्री केपी ओलीले केही मन्त्रीको बर्खास्ती र केहीको जिम्मेवारी हेरफेरको तयारी गरेको हल्ला चलेको छ ।कहिले मन्त्रीहरुको सर्टिफिकेट बनाएर त कहिले प्रधानमन्त्रीहरुलाई
मन्त्रीहरुका कुरा लगाएर विवादमा आइरहेका प्रधानमन्त्रीको सचिवालयका केही जिम्मेवार व्यक्तिहरु नै फेरि केही मन्त्रीको बर्खास्ती र केहीको सरुवा हुन लागेको हल्ला बजारमा फैलाउन सक्रिय भएका छन् । त्यस्ता विवादास्पद काममा विशेष गरी प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुरिमाल अगाडि छन् । तोकिएको जिम्मेवारी बेगरमा त्यस्ता विवादास्पद काम नगर्न प्रधानमन्त्री ओली स्वयंले केहीपटक चेतावनी दिए पनि रिमालले कार्यशैलीमा परिवर्तन गरेका छैनन् । पछिल्लोपटक गृहमन्त्री रामबहादुर थापा बादललाई रक्षामा सरुवा गरेर रक्षाबाट ईश्वर पोखरेललाई गृहमा ल्याउने तयारीमा प्रधानमन्त्री रहेको हल्ला चलाइरहेका छन् उनै रिमालले ।

केही दिनघि मिडियाका सम्पादकहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले वीर अस्पतालका चिकित्सकलाई मन्त्रालयमा बोलाएर बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले थर्काएको र थाइल्याण्ड जान लागेका पूर्वमाओवादीका अयोग्य लडाकु लेनिन विष्टलाई विमानस्थलबाटै फर्काइएको विषयमा गृहमन्त्रीसँग २४ घण्टे स्पष्टीकरण सोधेका बताएका थिए । उनले बिग्रिएका कामजति सबैको जवाफ आफूले दिनुपरिरहेको भन्दै उस्तै परे एक्सनमा उत्रिने चेतावनी दिएका थिए । प्रधानमन्त्रीको चेतावनी र रिमालको हल्लाका बीचमा तादात्म्यता भए पनि तत्काल मन्त्रीको जिम्मेवारी हेरफेर हुने सम्भावना नरहेको नेकपामा एक शीर्ष नेताले बताए । उता पहिला अर्थ र पछि परराष्ट्रमन्त्रालय दिने आश्वासन दिएर पनि अन्तिममा रक्षाजस्तो कमजोर भूमिका भएको मन्त्रालय दिइएकामा असन्तुष्ट पोखरेललाई ‘म्यानेज’ गर्नुपर्ने दबामा प्रधानमन्त्री छन् । तत्कालिन एमालेभित्रको गुटगत राजनीतिमा ओलीलाई पोखरेलले दह्रिलो साथ दिएको भए पनि पछिल्लो समय भने दुईबीचको सम्बन्ध चिसो छ ।

यस्तै कालीमाटी र बल्खुस्थित तरकारी बजारमा अनुगमन गरेर जथाभावी स्टल भाडा असुल्दै आएका बिचौलिया व्यापारीलाई ठेगान लगाएर चर्चार स्याबासी पाएका उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री रहेको हल्ला पनि पिटाइएको छ । मातृका हाल दक्षिण छिमेकी भारतको भ्रमणमा छन् ।

 

बुध, भदौ १३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस