१३ वर्षीया नातिनीलाई आफ्नै हजुरबुवाले गरे बलात्कार

बाँकेको कोहलपुरका एक व्यक्तिले आफ्नै १३ वर्षीया नातिनीलाई बलात्कार गरेका छन्।

नातिनी बलात्कार गरेको आरोपमा प्रहरीले हजुरबुबा पक्राउ गरेको छ। बालिकाको पहिचान खुल्ने भएकाले प्रहरीले आरोपीको नाम सार्वजनिक गरेको छैन।

१३ वर्षीया बालिका बिरामी भएर उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि बालिकालाई हजुरबुवाले बलात्कार गर्दै आएको तथ्य खुलेको हो।

गएको तीन वर्षदेखि आफूलाई हजुरबुवाले बलात्कार गर्दै आएको बालिकाले बताएकी छन्। बाँकेका एसपी अरुण पौडेलले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भैरहेको पौडेलले बताए।

शनि, भदौ १६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस