स्वरुपराज आचार्यको स्वरमा “त्यहि आउ जहाँ बस्थे तिमीलाई कुरेर” बोलको गीत सार्वजनिक (भिडियो)

गायक स्वरुपराज आचार्यको स्वरमा त्यही आउ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अष्ट्रेलिया बस्दै आएका गायक तथा सङ्गीतकार आर .सि थापा (रामचन्द्र थापा) को एकल सङ्गीतमा तयार पारिएको यस् एल्बम भित्रको एउटा तिम्रो सुन्दर आँखामा बोलको गीत तथा म्युजिक भिडियो लाई दर्शकले सर्वाधिक मन पराएका थिए ।

सत्य -स्वरुपको १२ अाैं एल्बम प्रारम्भ बाट सार्बजनिक भएको यो तेस्रो म्युजिक भिडियो हो । यस गीतको शब्द रचना रमेश दाहालको रहेको छ भने सङ्गीत संयोजन राम कार्कीको रहेको छ । आर .जे तथा भि. जे रन्जित पौडेल अनि चर्चित टेली श्रीङ्खला भद्रगोलकी कलकार तथा मोडेल रक्षा श्रेष्ठको मुख्य अभिनय रहेको छ । अमृत सुनुवार द्वारा निर्देशित यस् म्युजिक भिडियोमा धन योन्जनको छयाङ्कन रहेको छ भने माधब बेलबासेको सम्पादन रहेको छ । त्यस्तै निर्माता निर्देशनको काम कृष्ण योन्जन लामाले गर्नु भएको छ ।

शुक्र, अशोज ५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस