चर्चित बाल गाएक मनिष लिम्बुको राष्ट्रिय भावनाले ओतप्रोत गीत “मेरो देश’ सार्वजनिक (भिडियो सहित)

प्रतिभावान बाल गायक मनिष लिम्बुको पहिलो म्युजिक भिडियो रिलिज भएको छ ।

मनिषको स्वर रहेको मेरो देश बोलको गीतमा सुहाङ लिम्बुको स्वर,शब्द र संगीत संयोजन रहेको छ । मेरो अनलाईन टिभी युट्युव च्यानलबाट रिलिज भएको म्युजिक भिडियोलाई धेरै दर्शक श्रोताले मन पराएका छन् ।

पाँचथर कुरुम्बामा जन्मिएका मनिष गायन प्रतिभाकै कारण भाईरल बने । ९ बर्षका मनिष ५ कक्षामा अध्ययनरत छन् । यस भिडियोमा भुपेन्द्र तुम्बाहाङ्फेले छायांकन गरेका छन् भने सम्पादन विकाश धमलाले गरेका छन् ।

भिडियोलाई युगल पोमोले निर्देशन गरेका हुन् । भिडियोमा अर्की चर्चित बाल प्रतिभा माङ्गेन्ना लिम्बुले अभिनयमा साथ दिएकी छन् ।

हेर्नुहोस सो गीतको म्युजिक भिडियो 

सोम, अशोज ८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस