आउने भयो दुई महिना भित्र काठमाडौँमा मेलम्चीको पानी (भिडियो सहित)

२००१ देखि निर्माण शुरु गरीएको बहुप्रतिक्षीत राष्ट्रिय गौरवको आयोजना मेलम्चीको खानेपानी आगामी २ महिनाभित्र काठमाडौं आइपुग्ने भएको छ  ।

राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति बिवरण बारे बिहिबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको कार्यक्रममा आयोजना प्रमुख सूर्यराज कंडेलले बढीमा अबको  ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताउनुभयो ।

हाल आयोजनाको २५ हजार ८०० मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ (टनेल) निर्माण सम्पन्न भएको छ । त्यसमध्ये १० हजार ५३३ मिटरको अन्तिम चरणको काम भइरहेको छ । दैनिकरुपमा २०० देखि २५० मिटरको दरले टनेलको सो काम भइरहेको उनले बताए  ।

मेलम्ची काठमाडौँबासीको लामो समयदेखि चाहना भएकोले राष्ट्रिय सरोकार तथा समन्वय समितिकि सभापति दिल कुमारी रावल (पार्वती)ले आयोजनालाई सहयोग गर्न आफुहरु तयार रहेको भन्दै अब तिथिमिथी नसार्न अनुरोध गर्नुभएको थियो ।

समितिले असोज १४ गते  खानेपानी आयोजनाको प्रगति अनुगमन तथा निरीक्षण गर्न जाने तय गरेको छ ।

हेर्नुहोस सो कार्यक्रमको भिडियो 

बिहि, अशोज ११, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस