अन्तर्राष्ट्रिय खेलको लागी कुरासँ खेलाडी कोरिया प्रस्थान

दक्षिण कोरियाको बुशानमा यहि अक्टोबर ५ देखि ७ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय बिच कुराश प्रतियोगितामा सहभागी हुन जाने नेपाली खेलाडीहरुलाई बिदाई गरीएको छ ।

नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय बिच कुराश प्रतियोगितामा  नेपालको तर्फबाट खेलाडीहरु, कृति शर्मा, उपेन्द्र थापा र जयन्ती श्रेष्ठ  आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

 

प्रतियोगीतामा नेपालको तर्फबाट ५२ केजी तल समूहबाट कृति शर्मा त्यसैगरी ७८  केजी  तलमा जयन्ती श्रेष्ठ  र उपेन्द्र थापाले सहभागीता जनाउने छन् ।

खेलाडीसंगै प्रतियोगीतामा  अफिसियलको रुपमा प्रतीक्षा खरेल ,कोच जीवन राई पनि संगै दक्षिण कोरिया प्रस्थान गरेका छन् ।

कार्यक्रममा सहभागी हुन् दक्षिण कोरिया प्रस्थान गर्नुपूर्व खेलाडी तथा अन्य अफिसियललाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल प्रतियोगीता जितेर नेपालको गौरव बढाउन कुरांस संघका अध्यक्ष धुर्व न्यौपाने तथा कुरास संघका सदस्य एबम  शिबपुरी मा बि महाराजगन्जका अध्यक्ष केशब राज शर्माले बिदाई गरेका थिए ।

 

 

बुध, अशोज १७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस