हाम्रो एफ एमले गर्यो व्यवसायीसंग भेटघाट तथा छलफलको शुरुवात

चितवन १८ असोज – हाम्रो एफ एम ९४ मेगाहर्जले ब्यवसायी एवं शुभ चिन्तकहरु संगको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्येश्यका साथ भेटघाट तथा छलफल कार्यक्रमलाई निरन्तरता दिएको छ ।

मंगलबार हाम्रो एफ एम कम्प्लेक्समा ब्यवसायी एवं शुभ चिन्तकहरु संग भेटघाट तथा छलफल गरी कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रमलाई आज(बिहिबार) पनि निरन्तरता दिईएको हो । कार्यक्रममा उपस्थित पूजा फनपार्कका प्रोप्राईटर कृष्ण देवकोटा पि के बिल्डर्सका प्रोप्राईटर पूर्ण कुमार डंगोल,जमघट रेष्टुरेण्टका प्रोप्राईटर कृष्ण भट्ट चाँदनी रेष्टोका प्रोप्राईटर दिपक केसी द नेक्स्ट एजुकेशनका काउन्सीलर मनोज घिमिरे लगायतले एफ एमले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै आगामि दिनमा पनि एफ एमले ब्यवसायीको पनि हित हुनेगरि कार्यक्रमको आयोजना गर्दै जानेछ भन्ने बिश्वास लिएको बताएका थिए ।

कार्यक्रममा हाम्रो एफ एम  ९४ मेगाहर्जको बजार तथा समाचार शाखाकी आशा खरेलले उपस्थित ब्यवसायी एवं शुभचिन्तकहरुलाई स्वागत गर्दै आगामिदिनमा पनि सहयोग र सहकार्य गरेर अगाडी बढिरहन साथ र सहयोग पाईरहने बिश्वास ब्यक्त गर्नुभयो ।

एफ एमका बजार कार्यकारी प्रमुख किशोर चन्द्र सापकोटाले एफ एमले आयोजना गरेको यसखालको कार्यक्रमले एक आपसमा अपरिचित रहेका ब्यवसायीहरुलाई परिचित गराएर एउटै मालामा गास्न मद्दत पु¥याउने बताउनुभयो । कार्यक्रम हाम्रो एफ एम प्रा लिका अध्यक्ष ई. भोजराज कौडालको अध्यक्षतामा सम्पन्न भएको हो ।

बिहि, अशोज १८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस