प्रदीप पुनको नेतृत्व चयन सँगै मितेरी समाज युएईको दोस्रो अधिवेशन सम्पन्न

युएई सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै सन् २०१४ मा स्थापना भएको मितेरी समाज युएईको दोस्रो अधिवेशन सम्पन भएको छ ।

गत शुक्रबार युएईको अल ऐन स्थित फुड एण्ड फन रेष्टुरेन्टको सभाकक्षमा सम्पन्न भएको उक्त अधिवेशनले कार्यवाहक अध्यक्ष प्रदीप पुन मगरको नेतृत्वलाई निरन्तरता दिंदै दुई वर्षे कार्यकालको लागि २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । भेलाले वरिष्ठ उपाध्यक्षमा श्रीमती दिव्या सुब्बालाई सर्वसम्मत चयन गरेको छ भने उपाध्यक्षमा चन्द्र बहादुर राना मगर, महासचिव – तारा रिजाल ,सचिव -धना क्षेत्री ,कोषाध्यक्ष – सुरेश चन्द्र बर्तौला र सह कोषाध्यक्षमा राकेश चौधरीलाई चयन गरेको छ । त्यसगरि सदस्यहरुमा – निर्मला बज्राचार्य ,असीम भण्डारी ,लक्ष्मण बिसि,भोम गुरुङ ,शारदा बगाले, सोम श्रीस मगर,शिव बिक,रामकुमार बुढा मगर,लोक नेपाली ,गोविन्द शाही ,सङ्गिता मोक्तान, बलबहादुर रजान मगर,वेद रिमाल,सोमबहादुर पुन ,माया योञ्जन ,विना तामाङ ,शान्ता श्रेष्ठ र सागर परियारलाई चयन गरेको छ ।

कार्यवाहक अध्यक्ष प्रदीप पुन मगरको सभापतित्व तथा समाजका सह संरक्षक मोहन बुढाथोकी प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई ईश्वर गुरुङले सञ्चालन गरेका थिए । समाजको स्थापना कालदेखि नै विभिन्न सामाजिक गतिविधिमामा सकृय भुमिका निभाउँदै आएको मितेरी समाज युएईको स्थापित संस्थाहरु मध्ये एक गनिन्छ । समाजका प्रमुख संरक्षक प्रेम रिजाल रोजगारीको क्रममा कतार स्थानान्तरण भएसँगै कतारमा पनि मितेरी समाजको शाखा स्थापना भएको छ भने नेपालमा पनि यसको शाखा रहेको छ ।

शनि, अशोज २०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस