कसले लग्यो चिनीमा घुस खाएर दुई ट्रक पैसा यसरी कडा रुपमा प्रस्तुत भए मन्त्री यादव (भिडियो)

काठमाडौं, २१ असोज । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवले अहिले चिनीको अभाव नभएको र बजार भाउपनि नबढेको स्पष्ट पारेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले उपभोक्ताले सस्तो मुल्यमा आवश्यक सामाग्री खोज्नु स्वभाविक भएको बताउँदै अहिले चिनीको कुनै अभाव नरहेको बताएका हुन् । उनले भने,‘बजारमा चिनीको कुनै अभाव छैन । र, बजार भाउ पनि बढेको छैन् ।’

क्लबका सभापति ऋषि धमलालको सभापतत्विमा आयोजित साक्षात्कारमा मन्त्री यादवले पत्रकारहरुले चिनीको अभाव भयो भनेर समाचार लेखेकोप्रति कडा आपत्ति जनाए । उनले आक्रोश पोख्दै भने,‘चिनीको अभाव छ भनेर समाचार लेख्नेहरुलाई कति चाहियो ? चिनीको बोरा नै जीउमा हालेर पठाईदिन्छौं । त्यसैले अनर्गल प्रचार गर्नुहुँदैन् । यस्तो अनर्गल प्रचारले देश कहिल्यै बन्दैन् ।

हेर्नुहोस सो कार्यक्रममा मन्त्री यादवले गरेको सम्बोधन

आइत, अशोज २१, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस