खुल्यो रहस्य यसकारण मागेका रहेछन डीएसपी राईले एक लाख चालिस हजार घुस

काठमाडौं : महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामकुमार राईले सेवाग्राहीसँग एक कम्पनीको टिभी खरिद गरी ल्याइदिन एक पटकपटक घुस मागेको रहस्य खुलेको छ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार टिभी गरिद गरी ल्याइदिन र त्यसको बिलवापतको रकम भुक्तानी गरिदिन भनेको अनुसन्धानका क्रममा खुलेको हो।

प्रहरी उपरीक्षक राईले टिभी खरिदबापतको बिलको भुक्तानी दिन सेवाग्राहीलाई पटकपटक फोन गरी घुस माग गरेको पाइएको आयोगले जनाएको छ।

आयोगले शनिबार साँझ ८ बजे राईलाई महानगरीय वृत्त बौद्धको कार्यालयबाटै एक लाख ४० हजार घुससहित पक्राउ गरेको थियो।

आइत, अशोज २१, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस