नारायणगढको दुईवटा कपडा पसलमा आगलागी

चितवन – चितवनको पुल्चोकमा आइतबार आगलागी हुँदा दुईवटा सटरमा भएको कपडा पसलमा क्षति पुगेको छ ।

चितवनको नारायणगढ बजार पुल्चोक भगवती मार्ग(धनवन्तरी मेडिकल अगाडी)2 वटा सटरमा रहेको RB Fancy मा हिजो साझ करिब 8:00 बजे आगलागी भएको हो ।

पसल बन्द गरी घर गएको केहि बेरमा अचानक धुँवा को मुस्लो देखेर छिमेकिहरुको सहयोगमा पानी छ्याप्ने र दमकल बोलाउने काम भएको थियो । अधिकांस कपडा जलेर नस्ट भएको छ, भने केहि बचेको कपडाहरु पनि धुवाँले बिग्रीएको अनुमान गरीएको छ ।

पसलको डेकोरेसन, सि सि क्यामरा लगायत बिध्धुत वायरिङ्ग र फर्निचर पुर्ण रुपमा क्षतिग्रस्त भएको छ ।आफु र सानो बालकको खर्च समेत जुटाउने एक मात्र सहारा बनेको फेन्सी पसल जलेर पुर्ण रुपमा क्षतिग्रस्त भएको मा चिन्ता व्यक्त गर्दै उक्त पसलको प्रोप्राईटर “रेनुका पाण्डेले दशैको मुखमा भएको सो घटनाले आफुलाई दुखी तुल्याएको भन्दै सम्पुर्ण संघ संस्थाले साथ र सहयोग गरिदिनु हुन अनुरोध गर्नुभयो ।

कपडा पसलको सम्पुर्ण सामान जलेर नष्ट भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगो चाँडै नियन्त्रणमा आएकाले अन्य पसलहरु क्षति हुनबाट जोगिएका छन् ।

सोम, अशोज २२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस