चलचित्र ‘मदहोस’को फर्स्टलुक सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मदहोस’को फर्स्टलुक सार्वजनिक भएको छ । मुभी मेकर्स प्रा लिको निर्माण रहेको चलचित्र ‘मदहोस’लाई सुरज प्रधानले प्रस्तुत गरेका हुन् । चलचित्र ‘मदहोस’लाई पछिल्लो समय निकै नै ब्यस्त गीतकार तथा निर्देशक शंकर अधिकारी ‘घायल’ले लेखेका हुन् ।

जसलाई अधिकारी ‘घायल’ले नै निर्देशन गरेका छन् ।चलचित्र ‘मदहोस’ निकै नै फरक र सरल चलचित्र बनेको निर्माण यूनिटले जनाएको छ । चलचित्रको गीतमा गायिका नित्याशिवा र गायक सन्तोष प्रगाढको सुमधुर स्वर रहेको छ । जसमा सन्तोष प्रगाढ र बाबुल गिरीको संगीत रहेको छ ।

चलचित्र ‘मदहोस’को गीतमा राजु शाहको नृत्य, देव महर्जनको द्वन्द्व रहेको छ । जसमा कलाकारहरु दिपेन्द्र कोइराला, निलम काफ्ले, रुपा केसि, दिपक अधिकारी, हेमलता घिमिरे र राजु पौडेललगायतको अभिनय रहेको छ। चलचित्र ‘मदहोस’मा बिक्रम कार्कीको छायांकन देख्न सकिन्छ ।

शुक्र, अशोज २६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस