मुक्तिनाथ मन्दिरमा करोडौ लगानीमा बनाइयो बुद्धको प्रतिमुर्ति, दर्शनार्थीको घुइचो

मुस्ताङ । बाह«गाउँ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत पर्ने मुक्तिनाथ मन्दिरमा करोडौ लगानीको भव्य गौतम बुद्धको प्रतिमुर्ति बनाईएको छ । बडादशैको टिकाको दिन बिधिवत् पुजाअर्चना गरि उक्त मुर्तिको अनावरण गरिको छ ।

तिब्बतका धर्म गुरु रेम्पोचे तथा उपल्लो भेगमा रहेका मुस्ताङ्गे राजा रानीले सो प्रतिमुर्तिको पुजाअर्चना गरि सर्वसाधारणले दर्शन गर्न पाउने गरि खोलेका हुन् । भने उक्त भव्य प्रतिमा नर्न सोनाम लामा (narna Sonam Lama) ले बनाएका हुन् ।


बिशेष गरेर चैत देखि अशोजसम्मको समयमा जोमसोम, कागबेनी, मुक्तिनाथ लगायत उपल्लो मुस्ताङ घुम्न आन्तरिक तथा बाह्य पर्यटको घुईचो नै लाग्ने गर्दछ । नेपाली तथा बलिउड चलचित्रको प्राय छायाँकन हुने मुस्ताङ जिल्लामा सडक सञ्जाल जोडिएको करिब बाह बर्ष भईसकेको छ ।

कागबेनी देखि मुक्तिनाथ सम्मको बाटो कालोपत्रे भएयता मुक्तिनाथ जानेको भिड नै लाग्ने गरेको छ । अमित बिल्डर्सका प्रोपाईटर प्रेम तुलाचनले बताए । करिब दुई बर्षमा जोमसोम देखि पोखरासम्म नै बाटो कालोपत्रे गर्ने लक्ष्य समेत रहेको” उनले बताएका हुन् ।

मङ्ल, कार्तिक ६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस