अमेरिकी ट्राभल्स गाइडको सूचीमा काठमाडौँ बिश्वकै पाचौ उत्कृष्ट शहर

काठमाडौं– सन् २०१९ को पर्यटकीय गन्तब्यका लागि विश्वका उत्कृष्ट १० शहरको सूचीमा काठमाडौँ पाचौ नम्बरमा परेको छ ।

पर्यटकीय गन्तब्यका बारेमा सन्दर्भ सामाग्री प्रकाशन गर्ने अमेरिकी ट्राभल्स  गाइड बुक अर्थात ट्राभल वेब साइट लोन्ली प्लानेटले प्रकाशन गरेको सूचीमा काठमाडौँ पाचौ नम्बरमा परेको हो ।

लोन्ली प्लानेटले सन् २०१९ मा घुम्नलायक विश्वका १० उत्कृष्ट शहरको सूचि निकालेको छ पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन छ । दोस्रोमा चीनको शेनचेन, तेस्रोमा सर्भियाको नोभिसाद, चौथोमा फ्लोरिडाको मियामी छन् भने पाचौमा नेपालको काठमाडौँ परेको छ ।

त्यसपछि क्रमश मेक्सिकोसिटी, सेनेगल, वाशिङ्गटन, क्रोयसिया र मोरक्को छन् ।

लोन्ली प्लानेटले निकालेका यी हुन् बिश्वका १० उत्कृष्ट शहर 

 

मङ्ल, कार्तिक ६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस