नेपाल आइडलबाट सबैको मन जितेकी गायिका प्रमिला राईको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ – नेपाल आईडल सिजन वानबाट चर्चित बनेकी गायिका प्रमिला राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जाउँ न शीर्षकको यो म्युजिक भिडियो मङ्गलवार प्रमिलाले आफ्नै युट्युव च्यानल प्रमिला राईबाट रिलिज गरेकी हुन् । गीतमा शब्द तथा संगीत संजीव सिं को रहेको छ भने एरेन्ज दिनेश श्रेष्ठको रहेको छ ।
भिडियोमा प्रमिला आफैंले अभिनय गरेकी छन् भने उनलाई भुवन खड्का ले अन स्क्रिन जोडीको रुपमा साथ दिएका छन् । फिरोज अर्पनले निर्देशन गरेको भिडियोमा ग्रामिण परिवेशको कला,संस्कृति र परम्परालाई झल्काईएको छ । भिडियोमा प्रविन राईले ड्रोन पाईलटको भूमिका निर्वाह गरेका छन् ।

प्रमिलाले आफ्नो नयाँ क्रिएशनलाई दर्शकलाई रुचाउने विश्वाश लिएकी छन् । नयाँ प्याटर्नको गीत र उत्कृष्ट म्युजिक भिडियोका कारण यो सृजना दर्शकको मनमा बस्ने पक्का छ ।

हेर्नुहोस सो म्युजिक भिडियो

मङ्ल, कार्तिक ६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस