भोलि फेरी प्रचण्ड भारत जाँदै

काठमडौँ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली (शुक्रबार) भारत भ्रमणमा जााने भएका छन् ।इन्डिया फाउन्डेसनले आयोजना गर्ने ‘इन्डिया आइडिया कन्क्लेभ २०१८मा भाग लिन अध्यक्ष दाहाल दिल्ली जान लागेका हुन् । दाहाल शुक्रबार बिहान ८ बजे नयाँ दिल्ली गएर त्यही दिन बेलुका ८ फर्कने कार्यतालिका रहेको छ ।प्रेस सहयोगी सूर्यकिरण शर्माका अनुसार दाहालले इन्डिया आइडिया कन्क्लेभ–२०१८ लाई सम्बोधन गर्नेछन् । इन्डिया फाउन्डेसनको अध्यक्ष राम माधव रहेका छन् । उनी सत्तारुढ भारतीय जनता पार्टीका महासचिव पनि हुन् ।

बिहि, कार्तिक ८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस