छोटो समयमै सबैको मनमा बसेका डिएपी ढकालको बिदाई, यस्ता छन उदाहरणीय काम

कार्तिक चितवन। काजको शिलशिलामा एक वर्षको चितवन वसाई सफल वनाएर प्रहरी नायव उपरिक्षक प्रभुप्रसाद ढकाल आज प्रहरी प्रधान कार्यालय काठमाडौं फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनमा रहेर प्रहरी प्रवक्ताको समेत भूमिका निभाएका शान्ति सुरक्षा र अमनचयनमा ठूलो योगदान पुर्याएका छन् ।
जूनसुकै निकायको प्रमुखको कामकारवाहीलाई सफल वनाउने हात दोस्रो व्यक्तिकोे भएजस्तै त्यो काममा ढकाल सफल भएका हुन । यस अघि प्रहरी प्रमुखको भूमिकामा रहेका प्रहरी उपरिक्षक थापाले ढकालको कार्यशैलीको उच्च प्रसंशा समेत गरेका थिए । निश्वार्थ भावनाका साथ जनताको सेवामा तल्लीन ढकालले ईमान्दारी पूर्वक जिम्मेवारी पूरा गरेका कारणपनि थापालाई जिल्लामा काम गर्न सहज भएको थियो । यस्तै चितवन जिल्लाको प्रहरी प्रमुखक उपरिक्षक शुशिल सिंह राठौंरले ढकालको कार्यशैली निकैनै सह्रानिय रहेको बताउंँदै आएका छन । आफ्नो कार्यकालमा ढकालले जिल्लाको शान्ति सुरक्षामा ईमान्दारीताका साथ काम गरेको उनको भनाई छ । छिटो छरितो, कार्यकुशलतामा पोख्त रहेका ढकाल चितवनबासीको लागि पनि सम्झनलायक व्यत्तित्वमा पर्दथे ।

उनको यहाँका राजनैतिक दल, पेशाकर्मी, व्यवसायी, सञ्चारकर्मीसंगै नागरिक समाज र मानवअधिकार कर्मीहरुले पनि कामको प्रसंशा गरेका छन् । महिला अधिकार कर्मी मिना खरेल अपराध नियन्त्रणमा ढकालले खेलेको भूमिका अतुलनीय रहेको बताउछिन । महिला तथा बालबालीका माथि हुने अपराध न्यूनिकरणमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताइन ।
ढकालको वसाईमा कार्यालयले समाजमा हुने सामान्य घटना देखि ठूला गिरोह समेत पक्राउ गरि शान्ति अमनचयन स्थापित गर्न सफल भएको छ । कार्यालयले सो समयमा सुन तस्कर देखि मृगौला तस्कर सम्मको जालो लाई चिरफार गदै अपराधीलाई नियन्त्रणमा लिएर कारवाही गर्न सफल भएको थियो ।

गत भदौ १९ गते अबैध रुपमा ल्याईएको सुन, चाँदी र सो सुन वेचबिखन वापत आएको नगद सहित वरामद गरी अबैध सुन तस्करको जालो लाई रोक्ने प्रयास उनकै सक्रियतामा भयो । समाजमा दिन दनाहाडै सुन चोरी गर्ने गिरोहको नाईके सहित पक्राउ गरि कारवाही गरीयो । गत साउन ११ गते भरतपुर महानगरपालिकाको भिआईपि क्षेत्रमा रहेका घरहरुबाट सुन चोरी गर्ने महिलालाई पक्राउ गरि कारवाहि प्रकृया अघि वढाउन कार्यालय सफल भयो । यो गिरोहको नियन्त्रर्ण संगै समाजमा केहि शान्ति सुरक्षाको महशुश गर्न थाले आम चितवन बासिले । यस्तै अन्तराष्ट्रिय गिरोहले भिओआइपी चोरी गर्दै दुरसंचार र एनसेल कम्पनीको प्रणालीमा क्षति पुरयाएको अभियूक्तलाई समेत काठमाडौबाट सिआइबी टोली ल्याएर पक्राउ गर्न सफल भएका थिए । जुन चोरीबाट चितवनमा अहिलेसम्मकै बढी १७ करोड बराबरको क्षति भएको आंकलन गरिएको थियो ।

युवा उद्यमी एवं जय शन्तोषीमाता सुनचांँदीका सञ्चालक प्रभू ढकालको कार्यशैली अत्यन्त प्रभावकारी भएको निचोड निकाल्छन । कामप्रतिको लगाव र व्यवसायीहरुको सुरक्षाप्रतिको चासोका कारण चितवनमा अप्रिय घटना हुन नपाएको उनको बुझाई छ । यस्ता राष्ट्रसेवकहरु देशभर हुनुपर्ने उनको तर्क छ ।
चितवनलाई मेडिकल सिटिको रुपमा लिईन्छ । तर चितवनबाटै मृगौला तस्करी भईरहेको सुचनाका आधारमा प्रहरीले मृगौला बेच्ने गिरोहलाई पक्राउ गर्न सफल भयो । चितवनका बिभिन्न अस्पतालमा गई उनिहरुलाई काठमाडौ उपचारका लागि पठाउने र त्यहाँ बाट भारत पठाई मृगौला तस्कर गर्ने गिरोह, यात्रुलाई बेहोस वनाई लुटपाट गर्ने गिरोह र भिआईपि कल वाईपास गर्ने गिरोहलाई कार्यालयले पक्राउ गरी कारवाहि समेत गरेको छ । ढकालको नेतृत्वमा भएका बिभिन्न अनुसन्धानहरु सफल भएका छन् ।

ढकाल जिल्लामा रहँदा भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको समयमा प्रहरी अप्रेसन कमाण्डरको रुपमा खटिई शान्ति पूर्ण र भयरहित तरीकाले निर्वाचन गराउन सफल रहनु भयो । निर्वाचन विथोल्ने गतिविधि गर्ने लाई पक्राउ गरि कारवाहि गर्ने, निर्वाचन बिथोल्न सक्रिय विप्लव नेतृत्व माओवादीका जिल्ला ईन्चार्ज सहित बिभिन्न व्याक्ति पक्राउ गरि कारवाहि गरिएको थियो । ढकालले आफ्नो समाजप्रतिको उत्तरदायित्व र जिम्मेवारी निभाउन कुनै कसर बाकी राखेनन , मुग्लिनसडक भएको पहिरो, दुर्घटना लगायतका घटनाहरुमा उनले सधै नेतृत्व गर्न सफल भए । “मैले पानीपनि नखाई १४ घण्टासम्म लगातार यात्रुहरुको उद्धार गरे” उनी गर्वका साथ भन्छन ।

यस्तै ढकालकै नेतृत्वमा तीन पाँग्रे सवारी साधन (अटो रिक्सा र ई रिक्सा)हरुलाई भरतपुर महानगरपालिका अन्तर्गत मुख्य राजमार्ग र वाईपास मार्गमा आवागमन रोक लगाउने भनि भएको निर्णयको बिरोधमा भएको प्रदर्शनलाई सामान्य दवाब पछि सडक संञ्चालन गर्ने, सुरक्षित चितवनको अबधारणलाई सफल बनाउन थ्रि एस अप्रेसनको संचालन समेत सुरु गरिएको थियो ।

ढकालको अगुवाइमा प्रत्यक्ष निगरानी सुरु गरिएको थ्रि एस अप्रेसन प्रभावकारी रुपमा अघि वढाउदै समाजमा भए गरेका विकृति विसंगती नियन्त्रणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने, सो क्रममा १६ जना पुरुष र ५ जना महिला शंकास्पद रुपमा नियन्त्रर्णमा लिईएको हो । मापदण्डा बिपरीत खोलाजन्य पदार्थ उत्खनन गर्ने सवारी साधन नियन्त्रणमा लिई चोरी निकाशी रोक्ने कामलाई प्रभावकारी वनाउन सो समयमा प्रहरी सफल भएको छ ।
चितवनलाई नमुना जिल्लाको रुपमा स्थापित गर्ने योजना सफल बनाउन महिला संजाल र समाजमा रहेका बिभिन्न व्यक्तित्वहरु संग सहकार्य गरि जनचेतना जगाउँदै तल्लो तह सम्म शान्ति सुरक्षाको महशुश गराउन ढकाल सहित जिल्ला प्रहरी कार्यालय सफल भयो । ढकाललले देशमा मात्रै नभएर विदेशमा गएर समेत आफ्नो काममा दख्खल राखेका कारण पनि शान्ति सुरक्षा कायम राख्न सजिलो भएको थियो ।

जिल्लामा गुण्डागर्दि नियन्त्रर्णमा उनको भूमिका महत्वपूर्ण रहयो । गृह प्रशासन सुधार कार्ययोजना ८२ वुद्धे कार्यक्रम तथा संगठन प्रमुखको १० वुद्धे प्रथामिकतामा परेका कुराहरुलाई कार्यान्वयन गराउन जिल्ला प्रमुखलाई उहाँको महत्वपूर्ण सहयोग रहेको प्रमुखहरु वताउछन् ।
जिल्लामा छोटो समयमा महत्वपूर्ण काम गरेकै कारण उनको बिदाई असहज देखिए पनि पुनः प्रमुख भएर उनि जिल्लामा फर्कने कुरामा जिल्लाबाीसहरु विश्वस्त छन् । बौद्धिक व्यक्तिव्वका धनी ढकालले स्वदेश तथा विदेशमा रहेर सुरक्षा सम्बन्धी सैदान्तिक तथा व्यवहारिक ज्ञानको धेरै अनुभव प्राप्त गरेका छन ।

बिहि, कार्तिक ८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस