अन्ततः एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्त

काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टलाई बर्खास्त गरिएको छ।

प्रहरी प्रधान कार्यालयको पत्र अनुसार गृहमन्त्रालयले बिहीबार विष्टसहित प्रहरी निरीक्षक जगदिशप्रसाद भट्टलाई बर्खास्त गरेको हो। विष्ट तत्कालीन प्रहरी प्रमुख हुन् भने भट्ट वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरका प्रमुख हुन्। गृहमन्त्रालयले उनीहरुलाई प्रहरी नियमावली २०७१ बमोजित सेवाबाट बर्खास्त गरेको हो।
गृहमन्त्रालयले विष्ट र भट्टराई बर्खास्त गर्नुको कारणसमेत दुई पेज लामो विज्ञप्तिमा दिएको छ।

 

बिहि, कार्तिक ८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस