यस्तो बन्दैछ नेपालकै पहिलो नमुना ‘आर्क ब्रिज’ (फोटो फिचर)

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ प्रवेश गर्ने मुख्य नाका मुग्लिनमा नेपालकै नमुना आर्क ब्रिज निर्माण भइरहेको छ।

बेलायत र बंगलादेशलगायतका इन्जिनियरहरूको डिजाइनमा बन्न लागेको आर्क आरसीसी मोडलको प्रविधिअनुसार फलामे संरचना निर्माण गरेपछि त्यसमाथि ढलानसमेत गरिने भएकाले यसको आयु  सयौं वर्षसम्म हुने  दाबी निर्माण कम्पनीको दाबी छ  ।

करिब १४ करोड लागतमा निर्माणाधीन आर्क ब्रिज ११ मिटर चौडाइ र १ सय ६० मिटर लम्बाइको हुनेछ । ‘टाढाबाट हेर्दा समेत यसको लुक राम्रो हुनेछ, भने  बीचमा कुनै पनि  पिल्लर राख्नु पर्दैन,’ , ‘त्यसका लागि वारिपारि दुई छेउमा सपोर्ट हुनेछ।’ यो पुलमा फलाम कम प्रयोग हुने र आरसीसी प्रयोग बढी हुनेछ ।


नेपालमा अहिले प्रयोगमा आएका मध्य लामो पुलमा यो नै पहिलो आर्क ब्रिज हो, छोटो मा भने यसअघि कालीगण्डकी नदीमा पर्वत र बागलुङ जोड्ने मालढुंगाको पुल पनि त्यस्तै प्रकारको बनेको थियो । ६७ मिटर लम्बाइको उक्त पुल भने चिनियाँ कम्पनीले बनाएको हो । ’

मुग्लिनमा अहिले प्रयोगमा रहेको सँगैको पुरानो पुलमा सवारी चाप र दुर्घटनाको जोखिम बढेपछि विकल्पका रूपमा तीन वर्षअघि नयाँ पुल बनाउन थालिएको हो। अहिले प्रयोगमा रहेको पुल १९७४ मा चीन सरकारले बनाई दिएको थियो  ।

 

शुक्र, कार्तिक ९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस