२३ बर्षमै चुनाव जितेर चर्चित बनेकी देशकै कान्छी उपमेयर शिवकुमारीसंगको कुराकानी (भिडियो)

कपिलवस्तु  जिल्लाको शिवराज नगरपालिकाको उपमेयरमा २३  वर्षीया शिवकुमारी चौधरीले स्थानीय निकायको निर्वाचनमा देशकै सबैभन्दा कान्छी उपमेयरको रुपमा चुनाव  जितेकी जनप्रतिनिधि हुन् ।

स्नातक अध्ययनरत शिवकुमारी शिक्षण पेशा छाडेर उपमेयरको लागी चुनावी मैदानमा उत्रिएकी थिईन तत्कालिन समयमा उनको भाषणकला र वाकपटुताका कारण सामाजिक संजाल मार्फत देशभर चर्चाको केन्द्रमा रहेकी रहिन  ।

यसै साता काठमाडौँमा भएको नेपाल नगरपालिका संघको छैठौँ राष्ट्रिय अधिवेशनमा आएका बेला हामीले चुनावको बेला युवा भएर उनले भोगेका समस्या र चुनाव पछी नगरवासीका लागी  उनले गरेका काम काम गर्न के कस्तो सहजता वा अप्ठ्यारा  छन् भनेर सुनौलो नेपालका लागी कुराकानी गरेका थियौ हेरौ उनीसंग सुनौलो नेपालका लागी मोहराज शर्माले गरेको कुराकानीको भिडियो ।

शिवकुमारी चौधरीसंगको कुराकानी फुर्सदको समयमा युट्युव मार्फत सुनौलो नेपाल टीभीमा पनि हेर्न सकिन्छ ।

आइत, कार्तिक १८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस