बिद्यासुन्दरले केहि गरेन भन्नेलाई यसरी थर्काए काठमाडौँका मेयरले (भिडियो सहित)

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले डेढ वर्षको अवधिमा धेरै काम गरिसकेको बताएका छन् । ‘म मेयर भएको अहिले १७ महिना पूरा भएर १८ महिना लाग्यो । यो अवधिमा हामीले धेरै कुराहरु सिकेका छौं’, उनले भने, ‘हिजोभन्दा आज धेरै कामहरु भएका छन् । यथार्थ धरातलमा रहेर समीक्षा गर्नुपर्छ ।’

सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मेयर शाक्यले सडकको पुनर्निर्माण भइसकेको पनि बताए । ‘यो आर्थिक वर्षलाई हामीले पूर्वाधार वर्ष घोषणा गरेर अघि बढेका छौं । महानगरले जिम्मा पाएको सहायक सडक बनाउने काम लगभग पूरा भएको छ’, उनले भने, ‘सडक बनाउने कामको लागि अब ५ वर्ष पर्खिनुपर्दैन ।’ उनले आफू आएपछि ६० प्रतिशत काम सम्पन्न भइसकेको पनि दाबी गरे ।

हेर्नुहोस भिडियो सहित 

मङ्ल, कार्तिक २०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस