नीलगगनलाई दुई गोल प्रहार गर्दै हेटौडामा सम्पन्न फुटबलमा बुद्ध स्पोर्ट्स क्लव प्रथम

स्वर्गीय पदम कुमारी राउत स्मृति ट्रष्टले आयोजना गरेको अन्तर वडा स्तरीय फुटबल प्रतियोगीता सम्पन्न भएको छ ।

हेटौडा उपमहानगरपालिकाका १७ वडा सहभागी सो खेलमा बुद्ध स्पोर्ट्स क्लव प्रथम भएको छ ।

फाइनल खेलमा बुद्ध स्पोर्ट्स क्लव र नीलगगन युवा क्लव भएको खेलमा नीलगगन लाई शुन्यका बिरुद्ध दुई गोल प्रहार गर्दै बुद्ध सपोर्ट प्रथम हुन् सफल भएको थियो । बुद्धको तर्फबाट रुपेश गोंगवा र समिराज थोकारले सामान एक एक गोल गरेका थिए ।

प्रतियोगीताको फाइनल खेल   हेटौडा उपमहानगरपालिका मेयर हरिबोल महतको उपस्थितिमा सपन्न भएको थियो । भने प्रतियोगीताका बिजेतालाई २० हजार र उपबिजेतालाई १० हजार प्रदान गरीएको थियो ।

हेर्नुहोस तस्विरमा सो कार्यक्रम

बुध, कार्तिक २१, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस