ओलम्पिक छनोटको लागी नेपाल बंगलादेशसंग भिड्दै , पराजित गरे दोस्रो चरणमा

काठमाडौं- ओलम्पिकका लागि एसियन महिला फुटबल छनोट अन्तर्गत आज (मंगलबार) नेपालले बंगलादेशको सामना गर्दै छ । यदी दोस्रो चरणमा पुगने हो भने नेपालले यो खेल जित्नै पर्ने दबाब छ । नेपालले बंगलादेशलाई पराजित गर्न सके पहिलो पटक ओलम्पिक छनोट खेलि रहेको नेपालले दोस्रो चरणका लागि छनोट हुनेछ ।

प्रतियोगिताकै सवल मानिएका दुई टोली भारत र म्यानमारसँग नेपालले यस अघी १-१ को बराबरी खेलेको छ । यि दुई खेललेले नेपाललको मनोबल उच्च रहेको छ । यता बंगलादेश भने समूहका सुरुवाती दुबै खेलमा फराकिलो अन्तरले पराजित हुदै अंक लालिकाको पुछारमा छ ।

आफ्नो पहिलो खेलमा म्यानमारसँग ५-० ले पराजित भएको बंगलादेश आफ्नो दोस्रो खेलमा  भारतसाग ७-१ को भारी अन्तरले पराजित भएको थियो । समान दुई दुई खेल खेलेको म्यानमार ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने ४ अंक नै जोडेको भारत गोलअन्तरका आधारमा दोस्रो छ ।

त्यस्तै नेपाल दुई खेलमा दुई अंक सहित तेस्रो स्थानमा छ । प्रत्यक समूहको शीर्ष २ टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली दोस्रो चरणमा छनोट हुनेछन् । यससँगै नेपालले बंगालदेशलाई पराजित गरेमा शीर्ष दुई अथवा तेस्रो स्थानको उत्कृष्ट दुईमा पर्ने पक्का भएको छ ।

बंगलादेशलाई हराए नेपाललाई समूह उपविजेता बन्न म्यानमार र भारतको खेलमा जित-हारको नतिजा आउनुपर्ने आवश्यकता छ भने भारत र म्यानमार गोलरहित बराबरी भएको खण्डमा नेपाल समूह विजेता हुनेछ । तर नेपालले बंगलादेशलाई भने पराजित गर्नैपर्छ । बंगलादेशले पनि नेपाललाई पराजित गरे दोस्रो चरणमा पुग्ने सम्भावना रहने छ ।

मङ्ल, कार्तिक २७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस