क्रिकेटर सन्दीप दिल्ली डेयरडेभिल्सबाट खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगितामा दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन् ।

गत सिजनमा दिल्लीबाट खेल्दै आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटरको इतिहास बनाएका सन्दिपलाई आगामी मार्च २३ बाट सुरु हुने १२ औं सिजनको आइपिएलका लागि पनि दिल्लीले रिटेन गर्ने भएको हो ।

दिल्लीले सन्दीपसहित १४ खेलाडीलाई रिटेन गरेको छ । नयाँ खेलाडीको रुपमा शिखर धवनलाई ५ करोड २० लाख भारुमा भित्र्याएको छ। सन्दीप गत सिजनमा ३२ लाख रुपैयाँमा दिल्लीमा आबद्ध भएका थिए।

बिहि, कार्तिक २९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस