चिनियाँ राष्ट्रपतिको भ्रमण बारे प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारले गरे यस्तो खुलासा

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ राष्ट्रपति नेपाल आउने विश्वास व्यक्त गरेका छन् ।

आइतबार राजधानीमा भएको सात्क्षात्कारमा बोल्दै उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नभएको लामो समय भएकाले उनी नेपाल आउने बताए ।

भट्टराईले भने,‘हाम्रो तर्फबाट (प्रधानमन्त्री र राष्ट्रपति) दुवैको तर्फबाट चिनीयाँ राष्ट्रपति र उपराष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो गैसकेको छ । उहाँहरु आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ । र आग्रहपनि छ ।’

हेर्नुहोस भिडियो 

साथै उनले चीनसँग पनि नेपालको सम्बन्ध उतिकै प्रगाढ रहेको बताए । भट्टराईले भने,‘चीनसँग हामी हजारौं वर्षदेखि एउटै हिमालको दुई तिर बग्ने पानी पिएर हुर्केका छौं । चीनसँग अब यातायातको सञ्जाल जोडिन सक्ने स्थिति भएको छ । रेलको सञ्जालपनि जोडिन सक्ने अवस्था छ । अब दक्षिणतर्फ मात्रै होईन, उत्तरसँगपनि क्रस बोर्डर टा«न्समिशन लाईन (गल्छी–केरुङ) को लागि छलफल सुरु गरेका छौं । यो भोलि किमाथांका र उत्तरतर्फको भु–भागमा बन्न सक्ने कुरा छ । हामी उत्तरतिर पनि कनेक्टिभीटीको सञ्जाल बढाउन खोज्दैछौं ।’

भारत र चीन दुवै मुलुक सम्पन्न मुलुक भएकोले अब नेपालले दुवै मुलुकसँग आफ्नो सम्बन्ध आर्थिक रुपमा केन्द्रित गर्नेपनि उनले जनाए ।

उनले भने,‘भारत र चीन दुवै मुलुक आर्थिक र सामरिक हिसाबले पनि विश्वमा उदयीमान मुलुक हुन् । राजनीतिक हिसाबलेपनि उनीहरुको प्रभाव फैलँदो छ । त्यो फैलँदो प्रभावबाट हामीले हाम्रो मुलुकको हितमा, हाम्रो राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर के–के कुरा लिन सक्छौं । अहिले अत्यन्तै राम्रो अवसर हाम्रो कार्यकालमा आएको छ । आन्तरिक रुपमा पनि हामीले राजनीतिक स्थायित्व प्राप्त गरिरहेको अवस्था छ । बाहृय रुपमा पनि उनीहरुले आफ्नो प्रभाव अन्र्राष्ट्रिय रुपमा विस्तार गरिरहेको अवस्था छ । यो अत्यन्तै अनुकुल अवस्था हो । यो अवसरलाई बास्तवमा हामीले आर्थिक, सामाजिक रुपमा र विकासमा फड्को मार्ने अवसरको रुपमा लिनुपर्छ ।’

ईथोपिया, नाईजेरिया, रुवाण्डाको विकासपनि चीनसँग जोडिएको र ल्याटिन अमेरिकाको व्यापार अहिले सबैभन्दा बढि चीनसँग भएको पनि उनले सुनाए । उनले भने,‘भारतीयहरुले पनि अहिले अफ्रिकामा आफ्नो लगानी र व्यापार विस्तार गरिरहेका छन् । तर, हामीले यस्ता दुवै उदयीमान देशसँग जति फाईदा लिनुपर्ने हो त्यति लिन सकेका छैनौं । त्यसका लागि चाहिनेजति अनुशन्धान, अध्ययन, र बनाउनुपर्ने नीतिलाई हामीले प्राथमिकतामा राख्न सकेका छैनौं ।’

शुक्र, कार्तिक ३०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस