३३ सुनकाण्डमा मुछिएका यी दुई मुख्य अभियुक्त पनि छुटे, अब गोरेको पालो कहिले !

३८ सय केजी सुन तस्करी र सनम हत्या मुद्दाका दुई मुख्य अभियुक्त छुटेका छन्। अभियुक्तहरु मदन सिलवाल र संजय खेतान भनिने प्रभात अग्रवाललाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्न आदेश गरेको हो।बिहीबार उच्च अदालत विराटनगरका न्यायधीश उमेशकुमार सिंह र साधुराम सापकोटाको संयुक्त ईजलासले अग्रवाल र सिलवाललाई जनही पाँच लाख रुपैंया लिएर धरौटीमा छाड्न आदेश गरेको हो।दुबै अभियुक्तलाई थुनामा राखेर पुर्पक्ष गरिरहनुपर्ने जिल्ला अदालतको आदेश रितपुर्वक नभएकोले धरौटी बुझाएर बाहिरै बसी पुर्पक्ष गर्न पाउने गरी छाड्न अदालतले आदेश गरेको उच्च अदातल विराटनगरका रजिष्टार नारायणप्रसाद रेग्मीले बताए।गत ८ जेठमा जिल्ला अदालत मोरङको आदेशबाट पुर्पक्षका लागि थुनामा परेका दुवैले जिल्लाको आदेश बेरितको भएकोले रितपुर्वकको आदेश माग गर्दै उच्चमा निवेदन दिएका थिए। सुन तस्करी र सनम शाक्य हत्या आरोपमा हालसम्म जिल्ला अदालतबाट थुनामा गएर उच्चमा रितपुर्वकको आदेश माग गर्दै निवेदन दिनेहरु मध्ये ८ जना अभियुक्त्त छाडिइसकेका छन् भने १९ जनाको हकमा अझै अन्तिम आदेश हुन बाँकी छ।

सुन तस्करी प्रकरणमा प्रहरीले बिभिन्न चरणमा ७० जना बिरुद्ध अभियोग दर्ता गराइसकेको छ। जसमा ५ जना जिल्ला अदालतको आदेशबाट तारेखमा छाडिएका र ४० जना पुर्पक्षमा जेल गएका छन्। जिल्ला अदालतले तारेखमा छाडेका दुई जनालाई उच्चले पुन थुनामा राख्न अन्तिम आदेश गरेको छ।सबै अभियुक्तहरु उपर २०१५ जुलाई यता संगठित अपराधिक सन्जाल बनाएर १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५सय ६३ ग्राम बराबर सुन तस्करी गरेको र सनम शाक्यको अपहरण गरी हत्या गरेको अभियोग अदालतमा दर्ता भएको छ।

 

शुक्र, कार्तिक ३०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस