नन्दु राईको शब्द संगीत,आदित्य र सतिस्माको आवाजमा ‘कथा सिरियाको’ गीत सार्वजनिक

द्वन्द्व ग्रस्त मुलुक सिरियाको वास्तविक पीडालाई शब्द संगीतमा ढालेर गायक नन्दु राईले  कथा सिरियाको  नामक म्युजिक भिडियो सार्वजनिक गरेका छन्  ।

पछिल्लो समय बालबालिका माथी गरिएको अमानवीय र निर्मम हत्यालाई समेटर तयार गरिएका शब्दलाई बाल आवाजमा नै स्वरवद्ध गरीएको छ  ।

गीतमा बाल कलाकारहरु आदित्य स्यांग्बो र सतिस्मा तामाङको आवाज रहेको छ  । गीतलाई आई मुभिजको अफिसियल च्यानल मार्फत सार्वजनिक गरीएको छ  ।
कथा सिरियाको गीतका सर्जक आफै पनि एक कुशल गायक हुन करिव १ दसक वैदेशिक रोजगारीको क्रममा यूएईमा रहेका गायक राई केहि समय देखी काठमाडौंमा बसी नेपाली संगीतको क्षेत्रमा क्रियाशील छन् ।

धनकुटाको भेडेटारमा जन्मिएका नन्दु राई संघर्षशील युवा गायक अहिले गीतकार तथा संगीतकार पनि हुन् ।

शुक्र, कार्तिक ३०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस