प्रकाशको स्मृतिमा यसरी भक्कानिए प्रचण्ड (भिडियो सहित)

काठमाडौँ  नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पुत्र वियोगको शोकलाई जसोतसो शक्तिमा बदल्न सक्षम भएको बताएका छन् ।आफ्ना छोरा प्रकाश दाहालको स्मृति तथा श्रद्धाञ्जली सभामा प्रचण्डले शोकलाई शक्तिमा बदल्न सहज नभएपनि सबैको सद्भाव र मायाका कारण परिवार विघटन हुनबाट जोगिएको बताए ।

‘मलाई धेरै भन्नु छैन। एउटा परिवार र देशका लागि स्तब्ध हुने समाचार बन्यो उनको निधन। सजिलो थिएन शोकलाइ शक्तिमा बदल्न। तर देशका लागि कुदेका हामिले त्यो गर्नुपर्थ्यो। सबैको सद्भाव र मायाले हाम्रो परिवार विघटन हुनबाट जोगियो। प्रकाश उदीयमान युवा थिए । देशलाई उनको आवश्यकता थियो । तर अब घटना त भयो नै। हजारौै प्रकाश जन्माउनेमा हामी र म केन्द्रीत भए उनकै सम्मान र मायाले गर्दा,’प्रकाशको सम्झनामा बोल्दाबोल्दै भक्कानिएका दाहालले भने ।

प्रकाश दाहालको स्मृति र श्रद्धाञ्जली कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, नेताहरु बाबुराम भट्टराई, मोहन वैद्य, लोकेन्द्र बहादुर चन्द, कमल थापादेखि खिलराज रेग्मी सम्म उपस्थित थिए ।

सोम, मंसिर ३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस