फुटको संघारमा राजपा नेपाल राजेन्द्र महतो संयोजक बनेपछि के चुप बस्लान महन्थ ठाकुर !

काठमाडौं, ४ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र विवाद चुलिएको छ । आज बसेकको बैठकले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट गरेको छ ।

मंगलबार बसेको बैठकले महाधिवेशन सुनिश्चित गर्न र पार्टीमा अनुशासन कायम राख्न अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो । साथै महन्थ ठाकुरको सट्टा राजेन्द्र महतोलाई संयोजक चयन गरेको छ । पार्टी एकीकरण भएको एक वर्ष पुगेसँगै संयोजकमा ठाकुरलाई हटाएर महतो संयोजक बनेका हुन् ।

बैठकले पार्टी एकतापछि निर्वाचन आयोगमा बुझाएको कार्यसमितिलाई मान्यता दिएको छ र त्यसयता भएका सबै मनोनयन रद्द गर्ने निर्णय गरेको छ । ठाकुरले गरेका निर्णयसमेत अब मान्य नहुनेगरि निर्णय भएको छ ।

 

बुध, मंसिर ५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस