भोलि देखि चौथो मेगा अष्ट्रेलिया एजुकेशन फेयर होटल अन्नपूर्णमा शुरु हुदै

काठमाडौं । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै चौथो मेगा अष्ट्रेलिया एजुकेशन फेयर भोली र पर्सि अर्थात  मंसीर ६ र ७ गते  होटल अन्नपूर्णमा  शुरु हुने भएको छ ।

वान अप प्रा.लि.को आयोजनामा  हुन् लागेको सो कार्यक्रम अष्ट्रेलिया जान चाहनेका लागी अहिलेसम्मकै  ठुलो मेगा एजुकेशन फेयर हुने भएको हो ।

 

अध्यनको लागी अष्ट्रेलिया  जान चाहने विद्यार्थीलाई सहि परामर्श दिनका लागि मेगा एजुकेशन फेयर आयोजना गरिएको आयोजक वान अपका  मेजेनर भोला  पोखरेलले जानकारी दिए ।

यस्तो छ वान अपले जारी गरेको प्रेस बिज्ञप्ति

मेगा फेयरमा अष्ट्रेलियाको  शैक्षिक जानकारी दिईने ब्यवस्था गरीने छ । ‘अध्यनको लागी  बिशेष गरेर  अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई एकै छानामुनी दर्जनौं शैक्षिक परामर्शदाता र अष्ट्रेलियाका कलेजहरुलाई समेत भेला गरेर सहि काउन्सेलिङ गर्न मेगा फेयर गरिएको पोखरेलले बताए ।

फेयरमा कक्षा १२ को परिक्षा दिएर ब्याचलर तथा माष्टर्स गर्न विदेश जाने सोच बनाएका विद्यार्थीले सहभागी हुन सक्छन् ।

विद्यार्थी अभिभावकलाई अध्यनको लागी अष्ट्रेलिया  जान चाहने  विविध विषयमा जानकारी दिन दक्ष तथा नेपाल सरकारबाट मान्यता प्राप्त काउन्सलर र कन्सल्टेन्सीको सहभागीता रहनेछ । फेयरमा विद्यार्थीलाई करियर काउन्सेलिङ समेत गर्ने भएकोले करियर निर्माणमा महत्वपूर्ण खुड्किलो हुने आयोजक वान अपका  मेनेजर पोखरेलले दावि गरे ।

‘हामीले विगत लामो समयदेखि शैक्षिक मेला आयोजना गर्दै आईरहँदा मुख्य रुपमा विद्यार्थीको आवश्यक्ता र चाहना अनुसार काम गरिरहेका छौं । यो फेयरले विद्यार्थीलाई अध्यनको लागी बिदेशका धेरै विषयमा जानकारी दिन सक्नेछ ।’ उनले भने । फेयरमा देशका दुई दर्जन भन्दा बढि कन्सल्टेन्सी तिनले प्रतिनिधित्व गरेका देश तथा त्यहाँका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागीता रहनेछ ।

आयोजकले फेयरमा आउने तीन हजार विद्यार्थीलाई आकर्षक गिफ्ट ह्याम्परको समेत ब्यवस्था गरेको छ ।

 

बुध, मंसिर ५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस