प्रकाण्डको गर्जन निर्मलाका हत्यारालाई हामी कारबाही गर्छौ (भिडियो सहित)

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री ओली र प्रचण्डल आफूहरुविरुद्ध कुरुप रुपमा उत्रिएको आरोप लगाए । उनले ओली नेतृत्वको सरकार शेरबहादुर देउवा नेतृत्वको सरकारभन्दा पनि बढी निर्मम रुपले आफूमाथि खनिएको आरोप लगाए ।

जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘ओली सरकार हाम्रोे पार्टीमाथी अघोषित प्रतिवन्ध लगाएर दमनमा उत्रिएको छ । हामी गलत हो वा सरकार, यसको जवाफ जनताले दिनेछन् । यो सरकारले यस्तै रुपमा हामीमाथि दमन गरिरहे चाँडै जनताको अदालतमा उभिनुपर्ने दिन आउने छ ।’ प्रकाण्डले भने , ‘हाम्रो पार्टीमाथिको दमन नरोके सरकार जनताको कस्टडीमा उभिनेछ । होइन भने सरकारले पुष्टि गरोस्, हाम्रो पार्टी देशद्रोही हो भनेर ।’

फरक प्रसङ्गमा उनले मोहन वैद्य ‘किरण’ ले क्रान्तिको नेतृत्व गर्न नसक्ने देखेर आफूहरु अलग भएको बताए । साथै उनले प्रचण्डको नेतृत्वमा देखिएको विचलनकाविरुद्ध लड्न र ६२/६३ को जनआन्दोनका बाँकी कार्यावहार पुरा गर्न पार्टीको स्थापना गरेका दाबी गरे ।

उनले मुलुकमा यतिबेला चरम संकट उत्पन्न भएको जिकिर गरे । सो संकटलाई समाधान गर्न वर्तमान राज्य व्यवस्था र नेतृत्व असमर्थ रहेको प्रकाण्डले दाबी गरे । ओली सरकारले ९ महिनामा विकासको कुनै खाकासमेत तयार पार्न नसकेको बताउँदै उनले समृद्धको नारा लगाउनुको कुनै तुक नरहेको बताए ।

हेर्नुहोस भिडियो सहित 

आइत, मंसिर ९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस