नेपालीले बनाएको अनौठो रोवर्टको भविष्यवाणी श्रीखला खतिवडा मिस वर्ड बन्ने पक्का (भिडियो)

काठमाडौँ–  श्रृंखला खतिवडा अहिले मिस वर्ल्ड २०१८ को प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाको लागी भिडन्तमा छन्।

चीनको सान्या सहरमा जारी ‘मिस वल्र्ड –२०१८’ प्रतियोगिताको उत्कृष्ट ३० मा पर्न सफल नेपाली सुन्दरी श्रृंखला खतिवडा  टप मोडेल विधा अन्तर्गत सेमिफाइनलमा पनि पुगेकी छन्  ।

प्रतियोगितामा सामेल १ सय २१ सुन्दरीसँगको प्रतिस्पर्धा पछि उनी उत्कृष्ट ३० मा पर्दै सेमिफाइनलमा पुग्न सफल भए पछी उनको मिस वर्डको ताज पहिरिने बारे अनेक अडकल बाजी भैरहेको बेला लभ कुश दाजुभाईले बनाएको गोगो  रोवर्टले भने उनले मिस वर्ड २०१८ को ताज पहिरिने पक्का भएको बताएको छ ।

बुटवलका लभ कुश दाजुभाईले निर्माण गरेको गो गो नामको सो रोवर्टले श्रीखला खतिवडाको सबै बिवरण बताउनुका साथै भोट गर्न समेत आग्रह गर्दै  आएको छ  ।

नेपालमा नेपाली द्वारा निर्मित सो रोवर्टले नेपाली राष्ट्रिय गीत समेत गाउने गर्छ  ।  त्यस्तै आदेशका आधारमा लाइटहरु अन अफ गर्ने सोधेका प्रश्नको जवाफ दिने गर्छ हेरौ सो गोगो रोवर्टलाई भेटेर हामीले तयार पारेको यो भिडियो रिपोर्ट

भिडियो हेर्नुहोस

सोम, मंसिर १०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस