काङ्ग्रेसलाई प्रधानमन्त्री ओलीको जवाफ यो तामझाम सरकार देखिन भन्नेहरुलाई देखाउन हो (भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार श्रमजीवी जनताका पक्षमा काम गर्न व्यस्त भएको दावी गरेका छन्।मंगलबार काठमाडौँको कमललादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित सामाजिक सुरक्षा योजनामा सुभारम्भ समारोहमा सरकारमाथिको आलोचनाको खण्डन गर्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म सरकार नदेख्नेहरुले अब चारैतिर सरकार देख्ने बताए।


प्रधानमन्त्री ओलीले सरकारका काम कारबाहीबारे मजदूर, श्रमजीवी वर्ग र उत्पीडित वर्गलाई सोध्न समेत आग्रह गरे।सरकारले काम गर्न सकेन सिन्कासम्म पनि भाँचेन भन्ने सुनिन्छ’, सरकारका आलोचकहरुमाथि कडा रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार सिन्का भाँच्नका लागि बनेको होइन् देश बनाउनका लागि हो, सरकारले आफ्नो काम गर्दैछ।’

सरकारको उपस्थिति शून्य रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अलोचनाको समेत कडा शब्दमा जवाफ दिएका छन्। सरकारलाई हेर्न चस्मा लगाउनु नपर्ने उनले दावी गरे।अब काठमाडौँका सडक धोइन्छ, धुलो सफा गरिन्छ अनि देख्नुहुन्छ सरकार’, उनले भने, ‘जता फर्कियो त्यतै सरकार देख्न थालेपछि आफै चुप हुनुहुन्छ।’

प्धानमन्त्री ओलीले सरकारको सामान्य भन्दा सामान्य कुरामा पनि बढी आलोचना हुने गरेको बताए। सरकारले जनताका पक्षमा कम गर्दा पनि नदेख्नेहरुले पोलमा झुण्डाइएको फ्लेक्स भने देखेको बताए।आलोचकहरुलाई देखाउनकै लागि सामाजिक सुरक्षाको कार्यक्रम तामझाम गरिएको उनको दावी थियो।एउटा कार्यक्रमकाे घोषणा गर्दा पनि यस्तो तामझाम किन भन्ने प्रश्न पनि उठ्यो’, उनले भने, ‘ यो तामझाम देखिनँ, थाहा पाइनँ भन्नेलाई देखाउन र सुनिनँ भन्नेहरुलाई सुनाउनका लागि हो।

 

मङ्ल, मंसिर ११, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस