सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजनाको खुसियालीमा श्रमिकले गरे दिप प्रज्वलन (भिडियो सहित)

श्रमिक संघ, संगठनहरुले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेकोमा आभार व्यक्त गर्दै काठमाडौंमा मंगलबार साँझ दिपावली गरेका छन्।

सरकारले मंगलबार दिउँसो घोषणा गरेको सो योजनाको स्वागत गर्दै विभिन्न पार्टीका आवद्ध श्रमिक संघ, संगठनहरुले साँझ काडमाडौंको माइतीघर मण्डलामा दिपावली गरेका हुन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट सहभागी रहेको दिपावलीमा श्रमिकहरुको योगदानको कदर हुने गरी सरकारले सो योजना ल्याएको स्मरण गर्दैै खुशीयाली साटासाट गरिएको थियो।

कार्यक्रममा मजदुर नेताहरुले आफूहरुको लामो समयको संघर्षपछि प्राप्त भएको सो योजनालाई सफलतापूर्वक कार्यान्वयनमा लैजान पनि सरकारको ध्यानाकर्षण गराएका छन्। सरकारले ल्याएको सो योजनामा निजी क्षेत्रमा काम गर्ने श्रमिकहरुले पेन्सनसहितको सुविधा पाउने व्यवस्था गरिएको छ।

हेर्नुहोस भिडियो सहित 

मङ्ल, मंसिर ११, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस