नेकपा मसालको महाधिवेशनमा पहिलो पटक दुई लाईनका राजनीतिक प्रतिवेदन प्रस्तुतको तयारी !

सुनौलो नेपाल, १२ मङ्सिर, काठमाण्डौ । नेकापा (मसाल) आठौं महाधिबेशन गर्ने तयारीमा रहेको छ उसले २०७६ जेष्ठ महिनाको अन्तिम साता सम्ममा महाधिबेशन गर्दैछ । अहिले आठौं महाधिवेशनको लागि जिल्ला जिल्लामा फोरम चल्ने प्रक्रिया अगाडि बढेको बुझिएको छ । मसालको आजसम्मको इतिहासमा पहिलो पटक समानन्तर दस्तावेज पनि आएको छ । नेकपा मसालको नेतृत्वले पार्टीलाई दक्षिणपन्थी दिशामा लैजादै गरेको आरोप सहित मसालका वरिष्ठ नेताहरुबाट फरक प्रस्ताव लगेको बुझिएको छ ।आफ्नो प्रधान दुश्मन किटान गर्ने सम्बन्धमा नै मसाल भित्र विवाद देखिएको मसाल निकट नेताहरुले बताउने गरेका छन् ।

महामन्त्री मोहनविक्रम सिंह लगाएत उनका समर्थकमा वैचारिक तथा सैद्धान्तिक स्तरमा नै दक्षिणपन्थी विचलन देखिए पछि क्रान्तिनकारी राजनीतिक लाइनसँगै मसालका उदयिमान युवा नेताहरु तथा केही पुराना र पाका नेताहरु मिलेर फरक प्रस्ताव लिएको बुझिएको छ । तर मसाल महामन्त्री मोहन बिक्रम सिंहले फरक प्रस्ताव लिनेहरुलाई वामपन्थी संर्किणवादीको आरोप लगाएका छन् । यिनै विवादका बिच मसालले जिल्लागत रुपमा फोरमहरु चलाइरहेको छ ।भारतलाई साम्राज्यवादी भन्ने कि विस्तारवादी मान्ने विषयमा पनि मसालमा विवाद रहेको बताइेको छ । एम बि सिंहले भारत अब साम्राज्यवादी मुलुकमा रुपान्तरण भएको वताएका छन् भने फरक प्रस्तावकहरुले भारत अहिले साम्राज्यवादी मुलुक भैनसकेको र नेपालप्रतीको भारतको नीति विस्तारवादी रहेको र भारत एउटा विस्तारवादी मुलुक रहेको बताएका छन् ।

मसालमा नेकपा (पुर्व एमाले-माओवादी) हरुलाई हेर्ने सवालमा पनि स्पष्ट भिन्नता देखिएको छ । नेकपा (पूर्व एमाले र एमाओवादी) दलाल पुजिपति वर्गको शक्तिमा रुपान्तरण भएको र त्यसले राष्ट्रिय पुजिपति वर्गको नेतृत्व गर्न नसक्ने फरक प्रस्तावकहरुको प्रस्ताव छ भने संस्थापन पक्षले नेकपालाई मित्र शक्ति मान्नु पर्ने बताएको छ । एम बि सिंहको प्रस्तावमा नेकपा, क्रान्तिकारी माओवादी, नेकपा (विप्लव) लगाएतलाई एउटै दर्जामा राखेको छ भने अल्पमत पक्षले भने विप्लव र वैध समुहलाई मित्र शक्ति मान्दै वामपन्थी समुहमा राखेको छ ।

रोचक त के छ भने अहिले वुर्जुवा गणतन्त्रलाई मानेर जाने यसको भण्डाफोर गरेर नयाँ जनवादी गणतन्त्रको स्थापनाको लागि संघर्ष गर्ने भन्ने विवाद छ । एम बि सिंहले नयाँ जनवादी क्रान्तिको कुरा पनि नछाड्ने र वुर्जुवा गणतन्त्रको संस्थागत विकास पनि गर्ने कार्यनीति अख्तियार गरेर वर्तमान व्यवस्थामा नै रमाउन चाहेको छन्, अहिलेको संविधानलाई कार्यान्वयन गर्ने एम बि को नाराले नयाँ जनवादी क्रान्तिको आधार तयार पार्ने विषयलाई पुरै ओझेलमा पारेको छ , एम बि को लाइनले यही व्यवस्थामा समाजवाद आउने कुरा गरेर नेकपाको दक्षिणपन्थी दिशा समातेको छ , नाम नखुलाउने सर्तमा मसालका एक जना युवा नेताले हामीलाई यो कुरा बताएका छन् ।

पार्टी अनुशाशनको प्रश्नमा पार्टी नेतृत्वले बारम्बार अनुशाशनको उलङ्द्धन गर्ने गरेको तर नेतृत्वले आफ्नो पक्षमा वहुमत तयार गरेर फरक विचार लिने कार्यकर्ता र नेतृत्वको गलत तौरतरिकाको विरोध गर्ने कार्यकतालाई मसालको विधान समेत मिचेर कारवाही गर्ने गरेको उनले बताए । यस सम्बन्धमा नेकपा मसालको कार्यलयमा सम्पर्क गर्न खोज्दा समपर्क हुन सकेन ।पार्टी ओली नेतृत्वको सरकारमा सहभागी हुनुलाई मसालका फरक प्रस्तावका पक्षधरले गलत बताएका छन् भने संस्थापन पक्षले सहि बताएको छ । प्रदेश तथा प्रतिनिधी सभाको चुनावमा पार्टी नेतृत्वले अपनाएको तौरतरिकालाई पनि अल्पमत पक्षले गलत बताएको छ ।

त्यस प्रकारको चुनावी कार्ययोजनाले पार्टीलाई दक्षिणपन्थी भासमा अगाडि बढाएको अल्पमत पक्षको तर्क छ । लगातार रुपमा चुनाव उपयोगको कार्यनीतिको नाममा पार्टीले चुनाव उपयोगलाई रणनीति कै रुपमा अगाडि बढाउनु गम्भिर गल्ति भएको अल्पमत पक्षको समिक्षा छ ।अबको बाटो नयाँ जनवादी क्रन्तिको लागि तय गर्ने कि यही व्यवस्थाको रक्षाको लागि बस्ने भन्नेमा मसालमा अन्तरविरोध रहेको छ । नयाँ संविधान बने पनि त्यो वुर्जुवा संविधान नै भएको र त्यसले उत्पीडित जनसमुदायको हित गर्न नसक्ने देखिए पछि वुर्जुवा गणतन्त्र र संसदिय व्यवस्थाको भण्डाफोर गर्दै नयाँ जनवादी क्रान्तिको तयारीमा लाग्नु पर्ने अल्पमत पक्षको प्रस्ताव भएको र वुजुर्वा गणतन्त्रबाट नै समाजवाद उन्मुख नीति कार्यक्रमको अपेक्षा सहित वर्तमान संविधानको कार्यन्वयनमा जोड दिएको बहुमतको प्रस्तावमा अल्पमत पक्षले अगाडि सारको कार्यदिशा सहि र क्रान्तिकारी भएको त्यस पार्टीका कार्यकर्ताहरुको बुझाइ रहेको समेत बुझनमा आएको छ ।

 

 

 

बुध, मंसिर १२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस